कोशी प्रदेशको अर्थतन्त्रको आकार १० खर्ब ४३ अर्ब ११ करोड

विराटनगर ७ जेठ । कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने अनुमान गरिएको छ । प्रधानमन्त्रीको तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय तथ्याङक कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा बुधबार विराटनगरमा आयोजित प्रादेशिक लेखा अनुमानहरुको प्रदेशस्तरीय सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले सो तथ्याङक प्रस्तुत गर्नु भएको हो […]

सुकुम्वासी बस्तीमा ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर ४ जेठ । सुकुम्वासी बस्तीहरूमा विना विकल्प डोजर चलाइएको भन्दै मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् । विराटनगरमा भूमिहीन सुकुम्वासीहरुले सोमबार प्रदर्शन गरेका छन् । संयुक्त संघर्ष समिति मोरङको आह्वानमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । समिति संयोजक निशा किरण राई नेतृत्वको टोलीले काठमाडौंको सुकुम्वासी बस्तीमा […]

विराटनगरमा मेगा इण्डियन एजुकेशन एक्स्पो

विराटनगर ४ जेठ । भारतका उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूबारे एकै छानामुनि जानकारी गराउने उद्देश्यले आज विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्स्पो’ (शैक्षिक मेला) आयोजना गरिएको छ । इन्डो ग्लोबल फाउण्डेशन काठमाडौको आयोजना तथा विराटनगरस्थित कृष्णा एजुकेशन फाउण्डेशनद्वारा संयुक्त रुपमा सो शैक्षिक मेला आयोजना गरिएको हो । एक्सपोमा कक्षा १२ को परीक्षा दिएर बसेका तथा उच्च […]

विराटनगरको एभरेष्ट कलेजमा ६ सयले दिए प्रवेश परीक्षा

विराटनगर ४ जेठ । विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा अध्ययनका लागि करिब ६ सय जना विद्यार्थीले आज प्रवेश परिक्षा दिएका छन् । एसईई उत्तिर्ण विद्यार्थीहरुले कक्षा ११ मा अध्ययनका लागि परीक्षा दिएका हुन् । कलेजका भाईस प्रिन्सिपल टीएन भण्डारीका अनुसार ५ सय ७६ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन् । प्रवेश […]

१९३ विद्यार्थीलाई एभरेष्टद्धारा अभिनन्दन, संस्कार, सीप र प्रविधिमा जोड

विराटनगर २ जेठ । विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा ( एसईई) मा उत्तीर्ण भएका विद्यार्थीलाई अभिनन्दन गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा अभिभावक सहित विद्यार्थीलाई स्कुलले अभिनन्दन गरेको हो । गत चैतमा सञ्चालन गरिएको परीक्षामा एभरेष्टबाट १९३ विद्यार्थीले परीक्षा दिएका थिए । शतप्रतिशत नतिजा निकालेको एभरेष्टले गुणस्तरिय शिक्षासँगै विद्यार्थीलाई संस्कार, […]