सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ हजारभन्दा बढी व्यक्ति पीडित

विराटनगर ७ फागुन । इन्सेकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको […]

मेलम्ची आयोजनामा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका ३ जना कार्यकारी निर्देशक, ३ जना बोर्ड सदस्य र कर्मचारी गरी १५ जना, […]

मोरङमा महिलालाई मलमूत्र खुवाइयो, धामी झाँक्रीको काम गर्ने एक महिला पक्राउ

विराटनगर ४ फागुन । मोरङको बूढीगंगा गाउँपालिका–७ मा बोक्सीको आरोप लगाएर एक जना महिलालाई मलमूत्र खुवाइएको छ । कुटपिट गर्दै र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाइएको हो । बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने अर्की महिला पक्राउ परेकी छन् । गाउँ घरमा धामी झाँक्रीको काम गर्दै आएकी बूढीगंगा–७ की […]

माओवादीका नाममा चन्दा आतंक मच्चाउने गिरोह पक्राउ

विराटनगर १ फागुन । पूर्वी तराईमा माओवादीका नाममा चन्दा आतंक मच्चाउने गिरोह मोरङबाट पक्राउ परेको छ । माओवादीको नाममा नयाँ समूह खडा गरेर मोरङ, झापा र सुनसरीका निजी विद्यालयमा चन्दा असुली गर्ने गिरोहका २ जना पक्राउ परेका हुन् । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर नाम दिएर नयाँ भूमिगत संगठन खडा गरी चन्दा आतंक […]

सुनसरीबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद

इनरुवा २९ माघ । प्रहरीले सुनसरीबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरु बरामद गरिएको हो […]