सत्यनारायण माविका २० विद्यार्थीलाई छात्रबृत्ति

विराटनगर ३० चैत । सत्यनारायण मावि विराटनगरले २० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । कक्षा ६–१२ सम्मका उत्कृष्ट ७ छात्रा, गरिव तथा जेहन्दार र अनुशासित गरि २० विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको हो । उत्कृष्ट ७ छात्रालाई नगद ११/११ हजार, ९ र १० का गरिव, जेहन्दार र अनुशासित ७ जना छात्र–छात्रालाई ५/५ हजार र कक्षा […]

मनमोहन प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि भारतसमक्ष आग्रह गरिने

विराटनगर २९ चैत । कोशी प्रदेश सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि भारत सरकार समक्ष आग्रह गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुने गरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले मनमोहन […]

सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा समस्या : सामाजिक विकास मन्त्री राजभण्डारी

विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीले सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश सरकार र स्थानीय सरकारले शिक्षा सवालमा कार्य गर्न नसकेको बताउनु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य तथा वातावरण अधिकारका सवालमा प्रदेशस्तरीय छलफल कार्यक्रममा सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा संविधानले शिक्षाका विषयमा परिकल्पना […]

आगामी आर्थिक वर्षको बजेटका लागि महानगरद्वारा सुझाव संकलन

विराटनगर २९ चैत । आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्वबजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ । महानगरले आज सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो । पूर्वबजेट छलफलमा आएका सुझावअनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन […]

मन्त्री राजभण्डारीको घर तोडफोड घटनाप्रति एमालेको आपत्ति

विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घर तोडफोड घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । कोशी प्रदेश नामकरणको विषयलाई लिएर मन्त्री राजभण्डारीको काठमाण्डौं पेप्सीखोलामा रहेको घरमा आज विहान साढे ८ वजेतिर छापामार शैलीमा केही व्यक्तिहरुले घर तोडफोड गरेको घटनाप्रति एमाले सोलुखुम्वुले आज विज्ञप्ती निकालेर विरोध जनाएको हो । सोलुखुम्वुबाट प्रदेशसभामा […]