विराटनगर १ कात्तिक । प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताउनु भयो । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै […]
विराटनगर, ३० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले जनतासँग सुझाव लिँदै हिड्नुभएको छ । मोरङ क्षेत्र नम्बर ४ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थाल्नुभएको हो । आज ४ नम्बर क्षेत्र अन्तर्गत […]
विराटनगर, ३० असोज । नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले मोरङ क्षेत्र नं. ४ (ख) बाट उम्मेदवारी दिएका छन् ।पूर्व सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले चुनावी अभियानलाई तीव्र पारेका छन् । ०३५ सालदेखि एमालेमा आबद्ध भएर राजनीतिमा सक्रिय घिमिरे अघिल्लो ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भएका थिए । प्रदेशसभामा निर्वाचित […]
विराटनगर, २९ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नंं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विनोद ढकालले कम्तिमा ५ हजार युवालाई रोजगार दिलाउँने बताउनु भएको छ । शनिबार वेलबारी –५ को शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीको आकाक्षा पूरा गर्न पनि युवाहरुलाई रोजगारी र उद्यामशीलतामा जोड्न आवश्यक रहेको बताउनुभयो । […]
विराटनगर २८ असोज । मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवारी दिनु भएको योगेन्द्र मण्डल ‘जोगी’ले शिक्षा, स्वास्थ्य, कृषि तथा युवा स्वरोजगार निर्वाचनको आफनो मुल एजेन्डा रहेको वताउनु भएको छ । निर्वाचन क्षेत्र कटहरीमा आज पत्रकार सम्मेलन गर्दै मण्डलले जनतालाई केन्द्रविन्दुमा राखेर आफुले स्वतन्त्र उमेदवारी दिएको वताउनुभयो । लामो समयदेखी क्षेत्र नं. ५ […]