एमाले सचिवालय बैठक बस्दै

विराटनगर ३० असार । नेकपा एमालेको सचिवालय बैठक (शनिवार) आज बस्दै छ । केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको केन्द्रीय कार्यालय बैठकले एजेण्डा तय गरेको हो । नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा […]

उर्जाशिल समय एमालेमा वित्यो, जिम्मेवारीलाई बाईपास गरिएकोमा असन्तुष्टि हो : खतिवडा

विराटनगर ३० असार । एमाले मोरङको सचिवको जिम्मेवारी त्यागेको झण्डै ७ महिना पछि रुपेश खतिवडाले एमालेमै रहेर सक्रिय राजनीति गर्ने मनस्थिति बनाएका छन् । पार्टी नेतृत्वले आफ्नो मनसायलाई कसरी विश्लेषण गर्छ त्यसको पर्खाइमा उनी छन् । जीवनको उर्जाशिल समय एमालेमै विताएकाले अन्य तर्फ सोच्न नसकिएको उनको निश्कर्ष छ । गत मंसिरमा भएको प्रदेशसभाको निर्वाचनको समयमा […]

मुख्यमन्त्री थापाद्धारा मन्त्रिपरिषद् विस्तार, एकिकृत समाजवादीको आपत्ति

विराटनगर २४ असार । कोशी प्रदेशका प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । सत्तारुढ माओवादीका २ र नेपाली कांग्रेसका एक जना थपेर मन्त्रिपरिषद् ६ सदस्यीय बनाउनु भएको छ । मन्त्रीमा नियुक्त तीन जनालाई प्रमुख परशुराम खापुङ्गले सपथ ग्रहण गराउनु भएको छ । मुख्यमन्त्री थापाको मन्त्रिपरिषद्मा आज नियुक्त भएका जीवन आचार्यलाई मात्रै विभागिय […]

सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्विकार गर्ने : मुख्यमन्त्री थापा

विराटनगर २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्विकार गर्ने बताउनु भएको छ । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेकपा एमाले प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा हालेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्विकार गर्ने प्रष्ट पार्नु भयो । मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागु […]

कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिटमा आज सुनुवाइ हुन सकेन, भोली पुन : पेशी तोकियो

विराटनगर २४ असार । कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुन सकेन । सभामुखको हस्ताक्षरका आधारमा सरकार गठन गरिनु असंवैधानिक कदम भन्दै कोशी प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले सर्वाेच्चमा रिट दिनु भएको थियो । उहाँको रिटमाथि आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ तोकिएको थियो । तर, समय नपुगेपछि […]