सुनसरीको धरानको मेयरको दौडबाट जसपा बाहिरियो, गठबन्धनलाई सहयोग गर्ने

विराटनगर, २० वैशाख । सुनसरी धरान उपमहानगरपालिकाको मेयरको दौडबाट जनता समाजवादी पार्टी (जसपा) पछि हटेको छ । सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै मेयर र उपमेयरमा उम्मेदवारी दिएको जसपाले गठबन्धनका उम्मेदवारलाई सघाउन सहमत भएको हो । केन्द्रको निर्देशनपछि मंगलबार जसपाले आफूले उठाएका मेयर र उपमेयरका उम्मेदवारलाई निष्क्रिय बनाउने भएको हो। उसले गठबन्धन उम्मेदवारलाई सघाउने सहमति गरेको छ। […]

विराटनगरमा प्रभात फेरी

विराटनगर, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज बिहान विराटनगरमा प्रभात फेरीको आयोजना गरिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको आयोजनामा प्रभात फेरीको आयोजना गरिएको हो । कलेज रोडस्थित महासङ्घको कार्यालयबाट सुरु भएको प्रभात फेरी महेन्द्र चोक, पुरानो गुद्री, बुधहाट चोक, ट्राफिक चोक हुँदै कलेज रोडमै पुगेर सम्पन्न भएको थियो । प्रभात फेरीमा […]

विराटनगरमा नेपाली काँग्रेसले भोली चुनावी सभा गर्ने

विराटनगर, २० वैशाख । नेपाली कांग्रेसले भोली बुधबार विराटनगरमा बृहत चुनावी सभा गर्ने भएको छ । देशका प्रमुख १० शहरमा चुनावी सभा आयोजना गर्ने कार्यक्रम अनुसार पहिलो कार्यक्रम भोली विराटनगरमा गरिने कांग्रेस जनाएको छ । चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस स्थानीय तह […]

उर्लाबारी १ मा एमालेको विरासत पाण्डेले जोगाउलान ?

विराटनगर, १८ वैशाख । उर्लाबारी–१ साविक मधुमल्ला ७, ८ र ९ नम्वर वडा हो । बहुदलपछि भएका सवै स्थानीय तह निर्वाचनमा यसक्षेत्रमा एमालेले बर्चस्व कायम गर्दै आएको छ । अहिलेसम्म भएका कुनैपनि निर्वाचनमा एमाले पराजित हुनु परेको छैन । ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमाले उम्मेदवार नै विजयी भएका थिए । एमालेले ५१३ मत […]

विराटनगरमा विवेकशील साझा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक

विराटनगर, १८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर विवेकशील साझा पार्टीले विराटनगरमा आज प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । प्रतिज्ञा पत्र २५ बुँदाको छ । विराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दिएर विवेकशील चुनावी अभियानमा होमिएको छ । विवेकशीलबाट मेयरमा अमलेश कर्ण र उपमेयरमा श्रृजु पराजुलीले उम्मेदवारी दिनु भएको छ । […]