विराटनगर ३ मंसिर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएको छ । आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो । […]
विराटनगर ३ मंसिर । विराटनगरको अर्किड कलेजले अन्तराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा पारेर युवा पुस्तामा सामाजिक संजालको प्रभाव शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा अनुष दाहाल प्रथम भए भने सत्येन्द्र यादव दोस्रो र शिवकुमारसाह तेस्रो भए । निर्णायकमा प्राध्यापकहरु सन्तोष अधिकारी, विकास खड्का र बिद्या अधिकारी रहेका थिए । प्रतियोगितामा कक्षा ११ र १२ […]
विराटनगर ३ मंसिर । महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्य र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य र वातावरणको अधिकार सवालमा पैरवी गर्न कोशी प्रदेशमा मंगलबार २१ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनमा विभिन्न क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू […]
विराटनगर १ मंसिर । नेकपा (एकीकृत समाजवादी)को विराटनगर महानगर कमिटी नेकपा (एमाले)मा समाहित भएको छ । पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’अन्तर्गत विराटनगरमा सोमबार बसेको एमाले कोशी प्रदेश कमिटीको नवौं पूर्ण बैठकमार्फत एकीकृत समाजवादीको सिंगो महानगर कमिटी एमालेमा समाहित भएको हो । पार्टीका महानगर अध्यक्ष वीरेन्द्र यादवसहितको पार्टी कमिटी एमालेमा फर्किएको जनाइएको छ । साथै, एकीकृत […]
विराटनगर– विराटनगरको ग्रीनल्याण्ड कलेज अध्ययन गरेकी स्मृति खाँले गत वर्ष एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सकिनन् । उनको पहिलो प्रयास असफल भयो । तर, उनलाई त्यतिकैमा रोकिन मन लागेन । फेरि प्रयास गर्ने अठोट लिईन् । गत वर्षको असफलतालाई यस वर्ष सफलतामा पुर्याईन् । दोश्रो प्रयासमा उनले छात्रा तर्फ ५१ औं नम्वरमा नाम […]