विराटनगर २ पुस । कोशी प्रदेशका उच्च मूल्य भएका कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । आज विराटनगरमा इनोभेट नेक्स्ट इम्प्याक्ट संस्थाले आयोजना गरेको कोशी प्रदेशका निर्यातयोग्य उच्च मूल्यका कृषि उपजहरू सम्बन्धी सार्वजनिक–निजी सम्वाद कार्यक्रमका सहभागीहरूले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न सरकारी निकायसँग जोड गरेका हुन् । कार्यक्रममा […]
विराटनगर १ पुस । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा क्षति भएको डिभिजन वन कार्यालय मोरङको कार्यालय पुनःनिमार्ण तथा मर्मत संभारमा सहयोग पुर्याउने ४६ वटा संघसंस्थालाई आज सम्मान गरिएको छ । आन्दोनको क्रममा आगजनीका कारण क्षति भएका संरचना पुन :निर्माण तथा प्रशासनिक सेवा संचालनका लागि कार्यालयलाई भौतिक तथा जिन्सी समाग्री उपलव्ध गराउने मोरङका […]
विराटनगर २९ मंसिर । नेकपा एमाले केन्द्रीय सदस्यमा मोरङबाट ७ जनाले डेब्युको तयारी गरेका छन् । काठमाण्डौंको भृकुटीमण्डपमा जारी ११ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु गरेको छ । आज उम्मेदवारको मनोनयन हुँदैछ । मोरङबाट नरेश पोखरेल, ऋषिकेश पोखरेल, सत्यनारायण चौधरी, पर्शुराम वस्नेत, शान्ति लिम्वु, विमला दाहाल घिमिरे, खेम नेपालीले केन्द्रीय […]
विराटनगर २८ मंसिर । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखरामा विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘पोखरा सडक महोत्सव’ यस वर्ष डिसेम्बर २८ देखि सुरु हुने भएको छ । विराटनगरमा आज पत्रकार सम्मेलनमा पोखरा सडक महोत्सवबारे जानकारी दिइएको हो । आयोजकले अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा सहभागी हुन पूर्वेलीलाई निम्तो दिएका छन् । […]
विराटनगर, २८ मंसिर । बाँदर लगायत जङ्गली जनावरहरुको बढ्दो प्रकोप र युवा जनशक्तिको विदेश पलायनसँगै कोशी प्रदेशमा पछिल्ला वर्षहरुमा प्रमुख खाद्यन्न बाली लगाउने जमिनको क्षेत्रफल घट्दै गएको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरले सार्वजनिक गरेको विगत चार आर्थिक वर्षको कृषि बाली सम्बन्धी तथ्याङ्कले प्रमुख खाद्यन्न बालीको रुपमा रहेको धान, मकै, गहुँ, कोदो र […]