सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त

विराटनगर २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन् ।

संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नु भएको हो ।

यसअघि संसदिय सुनुवाइवाट अनुमोदन भएको उनीहरुलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरिएको हो ।

अब प्रधानन्यायाधीश मनोजकुमार शर्माले उनीहरुलाई सपथ खुवाउँदै पेसी तोक्नुहुनेछ । नवनियुक्त न्यायाधीशहरुले सोमबारबाट काम थाल्नेछन् ।