नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहद्धारा सर्वाेच्च अदालतमा रिट दर्ता

विराटनगर ८ भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वाेच्च अदालतमा रिट दर्ता गरेको छ। १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवाले सर्वाेच्चमा रिट पुर्याउनु भएको हो ।

यसअघि शुक्रवार सर्वाेच्च अदालतमा पेस गरेको रिट निवेदनलाई सच्याउने भन्दै फिर्ता लगिएको थियो । आज देउवा र तत्कालीन कार्यवाहक सभापति पुर्णबहादुर खड्काको तर्फबाट कानून व्यवसायीले छुट्टाछुट्टै रिट गर्दा गरेको नेता मीनबहादुर विश्वकर्माले बताउनुभयो । उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गरेका छन ।

आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वाेच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि बढाउन नमिल्ने देउवा पक्षको तर्क छ । असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।