विराट स्पोर्ट्स जाेनमा गो-कार्ट किड्स च्याम्पियनसीप

विराटनगर १२ साउन । विराट स्पोर्ट्स जाेन विराटनगर ३ मा गो-कार्ट किड्स च्याम्पियनसीपकाे आयोजना गरिएको छ ।

भाइरल इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र द विज्ञापनको संयुक्त आयोजनामा भएको गो-कार्ट किड्स च्याम्पियनसीपमा बालबालिकाकाे उत्साहजनक सहभागिता रहेको थियाे ।

बालबालिकाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा जुनियर तर्फ अनुभव खनाल र सिनियर तर्फ सौर्य सिग्देल विजयी भएका थिए ।

 

विजेता तथा सहभागीहरूलाई ट्रफी, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएकाे विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईले जानकारी दिनुभयो ।

अध्यक्ष बजगाईले आगामी दिनमा क्रिकेट र फुटबल, फुटसलका खेलकुद गतिविधिहरू गर्दै बालबालिकाहरूलाई अगाडि बढाउन स्पोर्ट्स जोन सधैँ तत्पर रहने प्रतिवद्धता जनाउनुभयो।

विराट स्पोर्ट्स जोनमा क्रिकेट, फुटवल, फुटसल, गाे-कार्ट लगायतकाे नियमित अभ्यास हुँदै आएको छ । जाेन भित्र सञ्चालित क्रिकेट एकाडेमी भने नेपालक‌ै ठुलाे रहेकाे छ ।