नेकपा एमाले र नेकपाबीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

विराटनगर ९ साउन । नेकपा एमाले र नेकपाबीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ । आज एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।

संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ ।

मधेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय सहमति पत्रमा उल्लेख छ ।

यसअघि नेकपा बनाउने बेलाका मुख्य साक्षी एमालेका विष्णुप्रसाद पौडेल र नेकपाका वर्षमान पुन यो हस्ताक्षरमा साक्षी देखिएका छन् । प्रचण्डले श्रीलंका जानुअघि नै वर्षमानलाई जिम्मेवारी दिएका थिए भने एमालेका पौडेल थुनामुक्त भएपछि सकृय हुनु भएको थियो ।