नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

विराटनगर १३ असार । नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघकाे आन्दोलन नागरिककाे सूचना पाउने अधिकारका लागि भएकाे बताउनु भएकाे छ ।

पत्रकार महासंघले विज्ञापनका लागि मात्र नभएर नागरिक स्वतन्त्रताका लागि आन्दोलित हुनु परेकाे उहाँले बताउनुभयाे ।
सरकारले सूचनाकाे हकमा बन्देज लगाएकाे अध्यक्ष शर्माले बताउनुभयाे ।

आज विराटनगरमा नेपाल पत्रकार महासंघ काेशी प्रदेशकाे तेश्राे बार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा अध्यक्ष शर्माले अहिले सरकार परिवर्तन भएपनि व्यवस्था परिवर्तन जस्ताे आभास भएकाे बताउनुभयाे । सरकार अधिनायकवाद तिर लम्केकाे उहाँकाे भनाइ छ । अध्यक्ष शर्माले ले भन्नुभयाे,”
संसद, संसद जस्तो छैन । विधिकाे शासन मिचिएकाे छ ।” महासंघकाे अझ कठाेर हुने उहाँले बताउनुभयाे ।

महासचिव रामप्रसाद दाहालले सरकार प्रेस स्वतन्त्रता नियन्त्रणमा लागेकाे बताउनु भएकाे छ ।
सरकारी विज्ञापन सरकारी सञ्चार माध्यम लाई मात्रै दिने विभेदकारी निर्णयले श्रम समस्या बढ्ने र मिडिया बन्दहुने अवस्था आउने बताउनुभयाे ।

नेपाली प्रेसकाे समस्या विश्वभर पठाईसकिएकाे उहाँले बताउनुभयाे । असार २१ गतेकाे राष्ट्रिय सम्मेलन पछि महासंघले कठाेर आन्दोलनका कार्यक्रम अघि सार्ने उहाँले बताउनुभयाे ।

बार्षिक साधारणसभामा केन्द्रीय सदस्य कमल रिमाल, प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेल, सल्लाहकार लिलाबल्लभ घिमिरे, विवेक गाैतम, प्रेस युनियन काेशीका अध्यक्ष मीनकुमार नबाेदित, काेशी प्रदेश अध्यक्ष भरत खड्का, उपाध्यक्ष कुमाेद अधिकारी लगायतले बाेल्नु भएकाे थियाे ।