विराटनगर, १२ असार । राष्ट्रिय युवा परिषदको आयोजनामा शुक्रबार विराटनगरमा कोशी प्रदेश स्तरीय युवा उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ ।
४० वर्ष भन्दा कम उमेरका यूवा उद्यमीहरुबाट सञ्चालित उद्यम व्यवासयको सहभाागिता रहेको उक्त प्रदर्शनीमा सुनसरी बराह क्षेत्र– २ को सारथी खाद्य उद्योग प्रथम, झापा मेची नगर –४ को श्रीक्यान्डल्स द्वितीय, सुनसरी देवानगञ्ज–७ को बहुउद्देश्य कृषि फर्म त्रितीय र ताप्लेजुङ फुङलिङ–२ को हिमालय क्यान्डल्सले शन्तोना पुरस्कार प्राप्त गरेका छन् ।
प्रदर्शनीमा सहभागि स्टार्टअप व्यवसायिहरुको विभिन्न सूचाङकहरुको आधारमा मूल्याङ्कन गरिएको राष्ट्रिय युवा परिषदका उपसचिव नवराज निरौलाले बताउनुभयो ।
उपसचिव निरौलाका अनुसार प्रदर्शनीमा सहमागि भएका स्टार्टअप व्यवसायिहरुको व्यवसाय दर्ता र सञ्चालन अवधि, वस्तु र सेवाको उत्पादन, उद्योग/व्यवसाय सञ्चालन भएको स्थान, भौतिक पूर्वाधार, कच्चा पदार्थको आपूर्ति, रोजगारीको सिर्जना, लगानी, नव प्रवर्तननको उपयोग (व्यवसाय, बजारीकरण र विस्तार) र प्रदर्शनीका आधारमा मूल्याङ्क गरिएको थियो ।
प्रदर्शनमा सहभागि उद्यमी व्यवसायिहरुले आफ्नो उद्यमबाट उत्पादित सामाग्रीको उत्पादनको अवस्था, बजारीकरण, कच्चा पदार्थको उपलब्धता, उत्पादन प्रक्रिया, प्रविधिको सिर्जनात्मक प्रयोगको अवस्था, लाभान्वित जनसंख्या, रोजगारी सिर्जनामा पु¥याएको योगदान आदिका बारेमा प्रस्तुती गरेका थिए ।
एक दिने उक्त प्रदर्शनीमा जना विद्यार्थी तथा युवा उद्यमी व्यवसायिहरुले अवलोकन गरेका थिए ।
उक्त प्रदेर्शनीको शुक्रबार उद्घाटन गर्दै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले मुलुकको निर्माण र समृद्धिमा युवा शक्तिको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै त्यसका लागि युवाहरु पनि रचनात्मक र सिर्जनसिलताका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले युवा उद्यमी र व्यवसायिहरुलाई लक्षित गरेर कोशी प्रदेश सरकारले कृषि र उद्योगको क्षेत्रमा युवा लक्षित योजनाहरु ल्याएको जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषदका प्रशासकीय अधिकृत गेहनाथ गौतमले
युवाहरुबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसायलाई जनस्तर सम्म पुर्याउने, प्रोत्साहन गर्ने र मुलुकको समृद्धिका लागि स्टार्टअप व्यवसाय प्रति आकर्षण बढाउने उद्देश्यले परिषदले स्टार्टअप व्यवसाय प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।
परिषदले यस अघि यस प्रकारको प्रदर्शनी अन्य ६ वटा प्रदेशमा सम्पन्न गरिसकेको जानकारी पनि उहाँले गराउनुभयो ।