विराटनगर २६ जेठ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले विराटनगरमा बृहत एकता भेला आयोजना गर्ने भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षधरले जेठ ३१ गतेका लागि विराटनगरमा भेला गर्न लागेको हो ।
डाक्टर शेखर कोइरालाको उपस्थितीमा हुने कार्यक्रममा नेताहरू डा. शशांक कोइराला, कृष्ण सिटौला, विजयकुमार गच्छदार, डा. मिनेन्द्र रिजाल, एनपी साउद, राजीव कोइरालालगायतका पूर्वसमितिमा बसेका केन्द्रीय सदस्यहरू र हाल समितिमा बसेका एक–दुई जना केन्द्रीय सदस्यहरूसहित सहभागी हुने कांग्रेस विराटनगरका सभापति दिपक चापागाईंले बताउनुभयो ।
विराटनगर महानगरसमितिका सभापति चापागाईंले प्रदेश समितिकै ब्यानरमा कार्यक्रम गर्न लागिएको बताउनुभयो ।