विराटनगर २३ जेठ । काफ्ले बन्धु समाज नेपाल मोरङको अध्यक्षमा विराटनगर ४ का नवराज काफ्ले चयन हुनु भएको छ । पथरीशनिश्चरेमा आज सम्पन्न समाजको दोश्रो जिल्ला अधिवेशनले ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
काफ्ले बन्धु समाज मोरङको उपाध्यक्षमा टीकाराम काफ्ले, सावित्रा काफ्ले-ग्रामथान ६, सचिवमा दलबहादुर काफ्ले, सहसचिवमा चुडामणि काफ्ले, कोषाध्यक्षमा नरेन्द्र काफ्ले चयन हुनु भएको छ । कार्यसमिति सदस्यहरुमा थर्कप्रसाद काफ्ले, अम्बेबर काफ्ले, निलमणी काफ्ले, टेकबहादुर काफ्ले, झमकबहादुर काफ्ले रहनु भएको छ ।
ताराबहादुर काफ्लेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्षद्वय दुर्गा काफ्ले र तोयानाथ काफ्ले, केन्द्रीय सचिव गोपाल काफ्ले र कोशी प्रदेशका महासचिव चिरञ्जीवि काफ्लेले शुभकामना मन्तव्य दिनु भएको थियो ।