विराटनगर १७ जेठ । सहकारीहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया तथा दुईदिने छलफल कार्यक्रम विराटनगरमा शुरू भएको छ ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी अध्ययन तथा सूचना केन्द्रले विराटनगरमा शनिवार आयोजना गरेको दुईदिने छलफलमा सहकारी शुद्धीकरणको मुद्दालाई जोड दिइएको छ ।
सहकारी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले नै सहकारी अभियानभित्र केही अन्योलता सिर्जना भएको र त्यही भाष्य स्थापित हुँदै गएको भन्दै तथ्यपरक रूपमा विश्लेषण गरिनुपर्नेमा बताउनुभयाे ।
पोखरेलले सहकारी अभियानभित्र शुद्धीकरणको आवश्यक रहेको तर मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुयाएको योगदानलाई कसैले पनि बिर्सन नहुनेमा जोड दिनुभयाे ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड
अध्यक्ष जीवन काफ्लेले सहकारी ऐन, नियम र सिद्धान्तअनुसार संचालन हुन नसकेका सहकारी संस्थाहरूलाई खारेज गर्नुपर्ने बताउनुभयाे ।
काफ्लेले सदस्यहरूको बचत समयमै फिर्ता गरेर संस्थालाई व्यवस्थित रूपमा बन्द गरिए समस्याको समाधान निस्किने सुझाव दिनुभयाे ।
आइतबारसम्म संचालन हुने कार्यक्रममा विभिन्न जिल्लाबाट राष्ट्रसेवक बचत तथा सहकारी संस्था ऋण लिमिटेडका
प्रतिनिधिहरूको सहभागिता रहेको सहकारीका सचिव ओम सुवेदीले जानकारी दिनुभयो ।
