विराटनगर १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन समयसीमा भित्र नै हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बनाउनु भएको हो ।
महामन्त्री घिमिरेले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको प्रष्ट पार्दै आफ्ना पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यहरुको अध्यवधिक गर्न लागेको भत्रुभयो । उहाँले नेपाली कांग्रेस वर्तमान सरकारको गुण र दोषको आधारमा सहयोग तथा विरोध गर्ने भन्दै हाम्रो पार्टीले सरकारको १०० औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र आफ्ना धारणा बनाउने टिप्पणी गर्नुभयो ।
उहाँले वर्तमान सरकार जनताको हितमा काम गर्दै सदन र जनताप्रति जवाफदेही एवं उत्तरदायी बत्रु पर्ने सुझाव दिनुभयो । कार्यक्रम युनियनका मोरङका अध्यक्ष बेदराज पौडेलको अध्यक्षतामा भएको थियो ।