विराटनगर ११ जेठ । नेकपा एमाले विराटनगर महानगर कमिटीले संगठन सुधृढीकरण अभियान तीव्र पारेको छ । वडा–वडामा कार्यकर्ता भेटघाट, सुझाव संकलनको महानगर कमिटीले गरिरहेको छ ।
अभियान अन्तरगत आज विराटनगर १५ मा पाँच दर्जन बढी व्यक्तिहरु विभिन्न राजनीतिक दल परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । स्थानीय रोशन ठकुरीको नेतृत्वमा ६५ जना एमालेमा प्रवेश गरेको एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष वलराम गिरीले जानकारी दिनुभयो ।
विराटनगर १६ हटताली हाटमा आयोजित कार्यक्रममा नव प्रवेशीहरुलाई केन्द्रीय सदस्य तथा विराटनगर महानगर उपप्रमुख शिल्पानिराला कार्की, एमाले मोरङ उपाध्यक्ष सागर थापा, महानगर कमिटी अध्यक्ष गिरी, क्षेत्र नं. ५ (ख) का संयोजक दीपक कर्ण, महागर कमिटीका उपसचिव हमिद आजाद लगायतले स्वागत गर्नु भएको थियो ।
नव प्रवेशीलाई स्वागत गर्दै केन्द्रीय सदस्य कार्कीले जनताको भावना बुझ्ने पार्टी भनेकै एमाले भएको उहाँले बताउनुभयो । नवप्रवेशीहरुलाई पार्टीमा जिम्मेवारी दिएर पार्टीलाई गतिशिल बनाईने कार्कीको भनाई छ ।
