विराटनगर २३ वैशाख । कोशी प्रदेश सरकारले ८ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । राष्ट्रिय पत्रकारिता दिवस (वैशाख २४) को अवसरमा विहिबार ८ जना पत्रकारलाई एक/एक लाख नगद सहित पुरस्कृत गर्ने भएको हो ।
प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरुमा शेखर रेग्मी, शिद्धराज राई, गोपाल दाहाल, विवेक गौतम, मनोज श्रेष्ठ, रेजिना गौतम, सन्तोष रुचाल र श्यामसुन्दर सुतिहार रहेको मन्त्रालय श्रोतले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा २०७५ सालदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि सो पुरस्कारबाट राजकुमार कार्की, दिपेन न्यौपाने, नकुलकाजी, हर्ष सुब्बा र चन्द्र भण्डारी, शिवबहादुर कार्की, गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, कौशल चेम्जुङ, ललिता भट्टराई, लीला बराल, कृष्णविनोद लाम्साल मोहन भण्डारी, श्यामकुमार राई, प्रदिपकुमार मेन्याङ्बो, अनन्तराज न्यौपाने, भीमलाल नेम्वाङ, रमेशचन्द्र अधिकारी, महेश्वर चाम्लिङ राई, प्रेमबहादुर दियाली, सोमनाथ सुसेली (अधिकारी), राजेश विद्रोही (यादव) , सटेन्द्र जबेगु (लिम्बु), अम्बिका भण्डारी, स्मीता निरौला, मोहनकाजी न्यौपाने, चिन्तामणि दाहाल, विमल लामिछाने, मो. सदरुल, यशोदा सेने, राजेश्वर श्रेष्ठ, मनोज दाहाल, सञ्जय सन्तोषी राई लगायतका पत्रकार लगायत पुरस्कृत भईसक्नु भएको छ ।