विराटनगर, २२ वैशाख । पुष्पलाल स्मारक कार्यसमितिको पुनर्गठन गरिएको छ ।
आइतबार भएको साधारण सभाबाट समितिको पुनर्गठन गरिएको हो । पुनर्गठित समितिमा अध्यक्षमा केशवप्रसाद गौतम, उपाध्यक्षमा पारुल क्षेत्री, सचिवमा हरिप्रसाद घिमिरे, सहसचविमा कविराज घिमिरे र कोषाध्यक्षमा सरोज घिमिरे निर्विरोध छनोट भएका छन् ।
समितिको सदस्यमा हीरामीरा दाहाल, सुशीला भट्टराई घिमिरे,सुरज न्यौपाने, जीवप्रसाद गुरागाइँ, भवानीप्रसाद धमला, योगेशराज भण्डारी, लक्ष्मी रेग्मी घिमिरे, श्याम घिमिरे, कुलप्रसाद चौलागाइँ, प्रयागराज न्यौपाने, कोषराज श्रेष्ठ र रामप्रसाद गेलाल रहेका छन् । पुनर्गठित समिति १७ सदस्य रहेकोे छ ।
पुष्पलाल स्मारक समितिको कार्यालय जेन–जी आन्दोलनका कारण विगत आठ महिनादेखि तालाबन्दी गरिएको छ ।
पुष्पलाल चोकका युवाहरुले कार्यालयमा तालाबन्दी गरेको कारण समितिको साधारणसभा विष्णुमाया पुस्तकालयमा गरिएको समितिका निवर्तमान सचिव रामहरि घिमिरेले बताए ।
त्यस्तै जेन–जी आन्दोलनकै क्रममा पुष्पलाल चोकको पुष्पलालको सालिक पनि युवाहरूले तोडफोड गरी भत्काएका थिए । हालसम्म पनि सालिक बनाइएको छैन ।
नवगठित समितिले ताला खोलेर पुष्पलाल स्मारक समितिको कार्यालय सञ्चालन गर्नुका साथै पुष्पलालको सालिक पनि चाडै निर्माण गर्ने सचिव हरि घिमिरेले बताए ।
समितिले स्मारक समितिको सदस्य विस्तार गर्ने जनाइएको छ ।