विराट गोल्डकपको उपाधिका लागि सम्राट र झापा ११ भिड्ने

विराटनगर ४ वैशाख । ३८ औं संस्करणको विराट गोल्डकपको उपाधिका लागि घरेलु टोली सम्राट स्पोर्टिङ क्लव र झापा ११ वीच शनिबार प्रतिष्पर्धा हुने भएको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राटले झापा ११ सँग उपाधि भिडन्त पक्का गरेको हो ।

सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले १–१ गोल गरे । खेलको प्यलेर अफ द म्याच सम्राटका सुरुवाती खोल गर्ने सौरभ तामाङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राटले डेब्युमै फाइनल पुग्ने सफलता हात पारेको छ ।

यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गरेको थियो । झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।