विराट गोल्डकपको मुख्य प्रायोजक नोवेल मेडिकल कलेज

विराटनगर ११ चैत । विराट गोल्डकपको ३८ औं संस्करण आगामी चैत २८ गतेदेखि शुरु हुने भएको छ ।
गोल्डकपको मुख्य प्रायोजक ( टाइटल स्पोन्सर) मा नोवेल मेडिकल कलेज रहेको छ । प्रयोगिताको नाम नोवेल मेडिकल कलेज विराट गोल्डकप हुने आयोजकले बताएको  छ ।

आयोजकका अनुशार मुख्य प्रायोजकसँग सम्झौता भईसकेको छ । अन्य प्रायोजकहरुसँग कुरा भईरहेको छ । ‘फुटवलको पर्व, विराटनगरको गर्व, विराट गोल्डकप’ मुख्य नारा सहित आगामी वैशाख ७ गते सम्म सञ्चालन हुने प्रतियोगिता रात्रिकालिन हुनेछ । प्रतियोगिता स्वदेशी एडिभिजनका ८ सहित १० टिम हुने तय भएको आयोजक विराट गोल्डकप फुटवल ट्रष्टले जनाएको छ ।

सहिद रंगशालामा हुने प्रतियोगिताका लागि अहिले प्राविधिक कामहरु धमाधम भईरहेको छ । यसअघि ट्रष्ट बाहिरका व्यक्तिलाई जिम्मेवारी दिएर गोल्डकप आयोजना हुने गरेको थियो । आगामी संस्करण ट्रष्ट आफैंले गर्ने भएको हो ।

विराटनगरमा विक्रम संवत २०१८ सालदेखि महेन्द्र गोल्डकप सञ्चालन हुँदै आएको थियो । सोही प्रतियोगिताको नाम २०६७ सालमा परिवर्तन गरिएको थियो ।