कोशी प्रदेश सरकारद्धारा बालआश्रममा आश्रित २१ जना बालबालिका नगद सहित सम्मानित

विराटनगर ४ मंसिर । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ३७ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा बालआश्रममा आश्रित २१ जना बालबालिकाहरुलाई नगद सहित सम्मानित गरेकोछ ।

२०८२ सालको एसईई परीक्षामा उत्तीर्ण हुने ६ जना, प्लस टु उत्तीर्ण हुने ८ जना र स्वदेश तथा विदेशमा भएका विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाई पदक जित्ने खेलाडीहरु ७ गरि २१ जना सम्मानित भएका हुन ।

एसईई परीक्षा उत्तीर्णहुने पूर्वाञ्चल बालसेवा आश्रम विराटनगरका विकास तामाङ, सकिया सुब्बा र संजय याख्या, नमूना बालगृह उर्लाबारीका प्रिति चेपाङ, सरस्वती बाल आश्रम धरानका आयुष भुजेल र मदनआश्रित पुनस्थापना धनकुटाका आशिष मैनाली रहेका छन् । त्यसैगरि प्लस टु उत्तीर्ण गर्ने पूर्वाञ्चल बालसेवा आश्रम विराटनगरका सन्ध्या दाहाल, बसुधा सुब्बा, नमूना बालगृह उर्लाबारीका अस्मिता सार्की, सरस्वती बाल आश्रम धरानका अनिशा फुयाँल, निशा फुयाँल, रोजक विश्वकर्मा, रोहन विश्वकर्मा र तारा नमस्ते विर्तामोडका सन्देश गिरी रहेका छन् । एसईई र प्लस टु उत्तीर्ण गर्ने विद्यार्थीलाई जनही नगद ५हजार सहित सम्मानित गरिएको सामाजिक विकास मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा भएका खेलकुदका विभिन्न प्रतियोगितामा सहभागिता जनाएर पदक जित्न सफल योग खेलाडीहरु महिला विकास तथा बालबालिका चेतना केन्द्र उर्लाबारीका सुन्दर सार्की, चाँदनी परियार, जय चौधरी, स्वेच्छा थापा, किरण मगर, सोमिया कार्की र अनुषा विकलाई नगद २ हजार १ सय सहित सम्मानित गरिएको छ ।

बालबालिकालाई कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण अधिकारी, सहायक सचिव दुर्गा भण्डारी बराल लगायतले सम्मानित गर्नुभएको थियो ।

बालअधिकार दिवसका अवसरमा कोशी प्रदेशका बालबालिकाको स्थिति प्रतवेदन सार्वजनिक गरिएको थियो ।