विराटनगर २९ कात्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइएको छ । बिहानै स्नान गरी दिनभर निर्जल ब्रत गरेका ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरू भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्
यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइने गरिन्छ ।