‘फेरि भेट होला नहोला’ चलचित्र निर्माण हुने

विराटनगर २५ कात्तिक । किङ्स मोसन पिक्चर प्रा.लि.को ब्यानरमा नेपाली कथानक चलचित्र ‘फेरि भेट होला नहोला’ निर्माण हुने भएको छ।

समसामयिक विषयवस्तु र प्रेमकथामा आधारित चलचित्रको छायांकन आगामी कार्तिक ३० गतेदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ।

सन्तोष सरकारको निर्माण तथा लेखनमा बन्न लागेको चलचित्रको निर्देशन सुनिल श्रेष्ठ (प्रतीक) ले गर्ने भएका छन्। यो उनको पहिलो निर्देशकीय चलचित्र हुनेछ।

चलचित्रमा अभिनय गर्ने कलाकारहरूको नाम भने निर्माण पक्षले हालसम्म गोप्य राखेको छ।

समसामयिक विषयवस्तु र प्रेमकथालाई समेटेर निर्माण गर्न लागिएको चलचित्रलाई २०८३ सालभित्रै दर्शकमाझ ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ।

नयाँ कथावस्तु र प्रस्तुतिसहित दर्शकमाझ आउन लागेको ‘फेरि भेट होला नहोला’ चलचित्रलाई लिएर निर्माण टोली तयारीमा जुटेको छ।