विराटनगर १२ कात्तिक । विराटनगर महानगरपालिका वडा नं. ८ का सचिव मनोज मल्लिक अनिवार्य अवकाशमा जानुभएको छ।
लामो समय सरकारी सेवामा रहेर स्थानीय तहको प्रशासनिक सेवामा योगदान पुर्याउनुभएका मल्लिकलाई वडा कार्यालयले एक कार्यक्रमबीच बुधबार बिदाइ गरेको छ।
मल्लिक २०५४ चैत २७ गते तत्कालीन विराटनगर उपमहानगरपालिकामा खरिदार पदमा नियुक्त हुनुभएको थियो। सेवाकालका क्रममा उहाँले विराटनगर महानगरपालिकाअन्तर्गतका विभिन्न शाखा तथा वडा कार्यालयमा रहेर जिम्मेवारी निर्वाह गर्नुभयो। पछिल्लो १६ वर्षदेखि उहाँ वडा नं. ८ मा कार्यरत हुनुहुन्थ्यो।
अधिकृत सातौँ तहमा कार्यरत रहँदै अनिवार्य अवकाश प्राप्त गर्नुभएका मल्लिकलाई वडा कार्यालयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले बिदाइ गरेका हुन्।
अवकाशपछि पनि सामाजिक कार्यमा समय बिताउने योजना रहेको मल्लिकले बताउनुभएको छ।
लामो समय स्थानीय तहको प्रशासनिक सेवामा रहेर काम गर्नुभएका मल्लिकको आगामी जीवन सुखमय रहोस् भन्ने कामनासहित जनप्रतिनिधि तथा कर्मचारीहरूले उहाँप्रति सम्मान व्यक्त गर्दै बिदाइ गरेका थिए।