धरान १८ असाेज । धरान ओपन गल्फ प्रतियोगिताको उपाधि चन्द्र देवानले जित्नु भएको छ।
रोटरी क्लब अफ हिमालयन गल्फर्सको आयोजनामा धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेटतर्फको उपाधि देवानले जित्नु भएको हो।
देवानले उपाधि जित्दै गर्दा नेटतर्फको दोस्रो स्थान देव बुत्ताङले हात पर्नु भएको थियो।
६२ जना खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा महिलातर्फ आस्था दुलालले उपाधि जित्दै गर्दा दोस्रो स्थान अदित्री राणाले हासिल गर्नु भएको थियो।
प्रतियोगितामा रोटेरियनतर्फ विमला श्रेष्ठले, सिनियरतर्फ हर्कराज राई र सुपर सिनियरतर्फको उपाधि भाईराजा पाण्डेले हात पार्नु भएको थियो।
त्यस्तै, नोभेल्टी पुरस्कार अन्तर्गत विराज श्रेष्ठले ‘क्लोजेस्ट टु द पिन’, सिद्धार्थ राईले ‘लङ्गएस्ट ड्राइभ’, भीम दाहालले ‘मस्ट बर्डिज’ जित्दा ‘स्ट्रेट लाइन’ तर्फ रत्न थापाले पुरस्कार जित्न सफल हुनुभएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिनुभयो।
प्रतियोगिताका विजयीलाई प्याकुरेल, उद्यमी उदिम राई, धरान गल्फ क्लबका अध्यक्ष बुद्धिमान सुनवार, व्यवसायी मनमोहन सिंह, प्रदिप सारडा, प्रो गल्फर निरोज तामाङलगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।