विराटनगर १० असाेज । महोत्तरीकाे भंगहा–६ का २४ वर्षीय विवेक सरदारको गत भदौ २६ गते महोत्तरीकाे बलवा नगरपालिका–७ बनौटाका अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा शव टुक्राटुक्रा अवस्थामा फेला परेको पाईएको छ ।
घटना प्रति नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समितिलगायत देशैभरीका बाँतर जातिका अगुवाहरु दोषीलाई कारवाही गर्न सरकारसंग आग्रह गरेका छन् ।
सरदारको घटनाका दोषी प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अशोक ठाकुर सहित उनको परिवारले नै विवेकको हत्या गरी शव सेफ्टीट्यांकीमा लुकाएको खुलेको छ ।
विवेक र आफ्नी बुहारी सोनु ठाकुरबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि अशोकको परिवारले घरमै बोलाएर विवेकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका सोनुको श्रीमान् जितेन्द्र ठाकुरलाई उनको परिवारले नेपाल झिकाईका थिए । जितेन्द्र गुपचुप रुपमा वैदेशिक रोजागरीबाट घर फर्किए । त्यसपछि योजनाबद्ध रूपमा फोन गरी घरमै बोलाएर विवेकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोहतरीको अनुसन्धानले प्रष्ट गरेको छ ।
यस घटनामा संलग्न फरार रहेको दोषीलाई ततकाल पक्राउ गरी कारवाही गर्न मृतक सरदारका बुबा अशोक सरदारले गर्नुभयाे ।
विवेकको हत्या प्रकरणमा फरार रहेका सोनुको श्रीमान् जितेन्द्र ठाकुरलाई ततकाल पक्राउ गरी कारबाही गर्न नेपाल बाँतर सरदार समाज कल्याणकरी केन्द्रीय समितिका सहअध्यक्ष सुभाष सरदारको नेतृत्वमा वरिष्ठउपाधयक्ष चन्द्रेश्वर सरदार, उपाध्यक्ष दिलीप सरदार, महासचिव पदमकुमार सरदार, सचिव सोनेलाल सरदार, केन्द्रीय सदस्यहरु फेकनलाल सरदार, लक्ष्मी सरदार, लालवीर सरदार, अमृता सरदार, सुरेश सरदार, मोरङ जिल्लाका वरिष्ठ उपाध्यक्ष शिवकुमार सरदार,(सितु)लगायत पिडीत परिवारका दिलीप सरदार, अशोक सरदारलगायतको टोलीले टोलीले असोज ६ गते मंगलवार प्रमुख साहयक जिल्ला अधिकारी संजयकुमार पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए ।
घटनाको निश्पक्ष छानबिन गरी उक्त घटनामा संलग्न सवै जनालाई कारवाही गर्न नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समितिले जोडदार माग गरेको सहध्यक्ष सुभाष सरदारको भनाई छ ।
घटनाका दोषीहरुलाई सम्बन्धित निकायले कारबाही गरेन भने पिडीतलाई न्याय दिलाउन देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडी असोज २६ गतेदेखि पिडीत पक्षले न्याय नपाए सम्म शान्तिपूर्ण विरोधका कार्यक्रम गर्ने उहाँले सरकारलाई चेतावनी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसंग जिज्ञासा राख्दा उहाँले फरार रहेको दोषी जितेन्द्र ठाकुरलाई पक्राउ गर्न सरकारको सवै सम्यनत्रहरु लागेको छ । सकभर छिटो पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाउने उहाँले प्रतिवद्धता व्यक्तगर्नुभयो ।
मृतक विवेक सरदारको घटनाले यतिवेला मानव अधिकार, नेपाली नागरीकलगायत सवै सरोकारवालाको चासोको विषय बनेको छ, यो घटनाको सहि छानविन गरेर दोषी ठाकुरलाई पक्राउ गर्न कुनै पनि कमि हुन नदिने प्रमुख जिल्ला अधिकारी यादवले असवासन दिनुभयो ।
मृतक सरदार भदौ १५ गते १२ : १५ वजे घरदेखि निष्केका थिए । उनको मोबाई दिउसो २ वजेपछि स्विच अफ थियो । उनको परिवारले खोज तलास गर्न थालेपछि ११ दिनपछि प्रहरीले गत (भदौ) २६ गते महोत्तरी जिल्लाकै बलवा नगरपालिका–७ बनौटाका अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा शव टुक्राटुक्रा अवस्थामा फेला परेको थियो ।
मृतक सरदार विवाहीत थिए । अहिले विवेको हत्या प्रकरणमा अशोक ठाकुर, रामकली ठाकुर, सोनु ठाकुर सहित ४ जना पक्राउ परेका छन् ।
आरोपित जितेन्द्र ठाकुर अझै फरार छन् ।