प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत

विराटनगर २३ भदौ । नेपाल प्रेस युनियन मोरङको १२ औँ अधिवेशनबाट भोजराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । विराटनगरमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएको हो ।

कार्य समितिको उपाध्यक्षमा गोपाल पोखरेल र प्रशान्त निरौला चयन भएका छन् भने महिला उपाध्यक्षमा उषा सरदार निर्वाचित भएकी छन् । त्यसैगरी, सचिवमा सन्तोषकुमार बास्तोला, सहसचिवमा अनुज सापकोटा र अन्जना पराजुली तथा कोषाध्यक्षमा दिलीप अग्रवाल सर्वसम्मत चयन भए । त्यस्तै, सदस्यहरूमा पुरुषोत्तम कट्टेल (सरस), सुभाष भण्डारी, पारस मण्डल, दीपेन्द्र साह, विवेक मेहता, प्रेम पारख, अफताफ अली, समय घिमिरे र भोजराज घिमिरे निर्विरोध निर्वाचित भए ।

अधिवेशनको अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान र्पुयाउने पत्रकारहरूलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको छ । ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ पत्रकार शंकर खरेल, ‘शैलजा आचार्य पत्रकारिता पुरस्कार’ बाट ब्रह्मदेव यादवलाई सम्मानित भए । त्यसैगरी, ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ बाट भोजराज बस्नेत र तारा आचार्य सम्मानित भए ।