विराटनगर २० भदौ । एथर इलेक्ट्रिक स्कुटरले विराटनगरमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। विराटनगर–३ स्थित पिपलचोक धरान रोडमा वैद्य इनर्जीले सञ्चालन गरेको एथरको यो नेपालभरको १४औँ एक्सपिरियन्स सेन्टर हो ।
शोरूम सञ्चालनमा आएसँगै कम्पनीले ग्राहकलाई एथरका विभिन्न मोडेलका स्कुटरको बिक्रीसँगै परीक्षण, जानकारी तथा बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने जनाएको छ । शोरूमका प्रोपाइटर संवेग थापा र प्रज्जवल पौडेल रहनु भएको छ ।
शोरूम उद्घाटनको अवसरमा एथरका विभिन्न मोडेल प्रदर्शनीमा राखिएका छन । कम्पनीका अनुसार नेपालमा एथर स्कुटरको मूल्य ३ लाख १४ हजार रुपैयाँदेखि ४ लाख ३४ हजार ९ सय रुपैयाँसम्म रहेको छ । विशेषगरी एथर ४५० सिरिज र पारिवारिक प्रयोजनका लागि उपयुक्त ‘रिज्टा’ मोडेल ग्राहकको रोजाइमा पर्ने कम्पनीको अपेक्षा छ ।
एथरले देशभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने क्रममा विराटनगरमा सुविधासम्पन्न एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । विद्युतीय सवारीप्रति ग्राहकको आकर्षण बढिरहेका बेला विराटनगरमा नयाँ शोरूम सञ्चालनले कोशी प्रदेशका ग्राहकलाई एथरका विद्युतीय स्कुटरबारे प्रत्यक्ष जानकारी र सेवा लिन सहज हुने कम्पनीको विश्वास छ ।
वैद्य इनर्जीका मार्केटिङ हेड सलमान खानका अनुसार एथरका स्कुटरमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनाइट क्रुज’ र ‘भ्वाइस इन्टरयाक्सन’ जस्ता प्रविधि जडान गरिएका छन । ‘हामीले बिक्री मात्र नभई ग्राहकलाई उत्कृष्ट ओनरसिप एक्सपेरियन्स र चार्जिङ इकोसिस्टम प्रदान गर्ने लक्ष्य राखेका छौँ,’ खानले भने ।
विराटनगर शोरूम सञ्चालनको अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष ‘ओपनिङ अफर’ समेत सार्वजनिक गरेको छ । फरअन्तर्गत ग्राहकले ८ वर्षको ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा तथा पुरानो स्कुटर साटफेर गर्दा ८ हजार रुपैयाँसम्मको थप मूल्याङ्कन सुविधा पाउनेछन । यो अफर आगामी भदौ २७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
एथरले हाल नेपालभर ५० भन्दा बढी चार्जिङ स्टेसन र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर सञ्चालन गर्दै आएको छ । कम्पनीले चार्जिङ पूर्वाधार र बिक्रीपछिको सेवाको विस्तारलाई पनि आफ्नो प्राथमिकतामा राखेको जनाएको छ ।
विराटनगरमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनसँगै कोशी प्रदेशमा एथरका विद्युतीय स्कुटर प्रयोग गर्ने ग्राहकका लागि बिक्री तथा सेवा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।

