सर्वाेच्च अदालतको पूर्ण इजलासद्धारा नेपाली कांग्रेस आधिकारिकता विवादमा पुनरावलोकन अनुमति

विराटनगर २१ साउन । सर्वाेच्च अदालतको पूर्ण इजलासले कांग्रेस आधिकारिकता विवादमा पुनरावलोकन अनुमति दिएको छ । अब कांग्रेस विवाद निरुपणका लागि तीन न्यायाधीशको इजलासमा फेरि सुनुवाइ हुनेछ ।

यसअघि दुई न्यायाधीशको इजालसले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो । उक्त फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ । उक्त बहसले फैसला गरेबमोजिम आधिकारिकताको निर्णय हुनेछ । आधिकारिकता विवादमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदनमा बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको इजलासमा पेसी तोकिएको थियो ।

न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलसमेतको इजलासले यस्तो आदेश दिएको हो । यसअघि सर्वाेच्चको संयुक्त इजलासले यो विवाद टुंग्याएको थियो । तर यसअघिको फैसला त्रुटिपूर्ण भन्दै देउवा र खड्काका तर्फबाट सर्वाेच्च अदालतमा पुनः प्रवेश भएको थियो ।

वैशाखमा न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठर्हयाएको थियो ।

सर्वाेच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्यसमितिले गर्ने कामकारबाहीले निरन्तर मान्यता पाएको थियो । गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह त्यसविरुद्ध सर्वाेच्च पुगेको थियो ।