विराटनगर १३ साउन। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको आह्वानमा आज प्रदेशमा सर्वदलीय बैठक आह्वान गरिएको छ।
सुनसरीमा भएको घटनाका विषयमा लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभएको छ।
आज दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो।
बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरू पनि उपस्थित हुनुहुनेछ।
बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्याउनको लागि अगाडि बढाइने तयारी भएको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भिडियो सन्देश मार्फत पनि आम नागरिकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्नका लागि आह्वान गरिसक्नुभएको छ।
प्रदेश सरकारका मन्त्री र सचिव अस्पतालमा गएर घाइतेहरूको उपचार व्यवस्थाको बारेमा पनि अनुगमन गर्नुभएको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले पनि सुरुका दिनदेखि नै सुरक्षा निकायसँगको समन्वयलाई अगाडि बढाउँदै सामाजिक सद्भाव कायम गर्नका लागि पहल गरिरहनु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ।
आजको बैठकमा पनि सामाजिक सद्भावलाई कायम राख्दै जनजीवनलाई सामान्य बनाउनका लागि गर्नुपर्ने कामका बारेमा छलफल हुने र राजनीतिक दललाई सक्रिय हुनको लागि आह्वान गर्ने तयारी छ।