विराटनगर ११ साउन । विराटनगरको श्रीश्री रविशंकर स्कुलले विद्यालय स्तरीय टेवलटेनिस प्रतियोगितामा क्याडेट गल्र्स, सव जुनियर गल्र्स सिंगल र जुनियर गल्र्स सिङल्समा प्रथम भएको छ ।
मोरङ स्पोर्टिङ क्लव तथा मोरङ जिल्ला भेट्रान्स टेवल टेनिस संघको संयुक्त आयोजनामा आईतबार साँझ सम्पन्न पहिलो एमएससी विद्यालय स्तरिय टेवलटेनिस प्रतियोगितामा रविशंकर स्कुल तीन विधामा प्रथम भएको हो ।
क्याडेट गल्र्स सिङल्स (कक्षा ५ सम्म) डिएभी स्कुलकी आरोही साह द्वितीय , पिटर प्यान स्कुलकी आरवी दुगड र तक्ष्मी धनावत संयुक्त रुपमा तृतीय भएका छन् । क्याडेट ब्वाइज सिङल्सतर्फ (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलका नीरजंग थापा प्रथम, बुढानिलकण्ठका स्कुलका आभाष लामिछाने द्वितीय, एभरेष्ट स्कुलका रेयान्स मेहता र श्री श्री रविशंकर स्कुलका रुद्रान्स सुलभ सापकोटा संयुक्त रुपमा तृतीय भए ।
सब जुनियर गल्र्स सिङल्स (कक्षा ६–७) तर्फ श्री श्री रविशंकर स्कुलकी प्राप्ति सेढाइ प्रथम, बिकेभिएम स्कुलकी रोशिका घिमिरे द्वितीय , एभरेष्ट स्कुलकी रोनी सापकोटा र डिएभी स्कुलकी नित्या कर्ण संयुक्त रुपमा तृतीय भए । सब जुनियर ब्वाइज सिङल्स (कक्षा ६–७) तर्फ डिपिएस बिराटनगरका आदर्श गुप्ता प्रथम, जनता नमुना माविका रक्ष बुढा द्वितीय, लिलिपुट स्कुलका अध्ययन कोइराला र सगरमाथा स्कुलका आरोन श्रेष्ठ संयुक्त रुपमा तृतीय भए ।
जुनियर गल्र्स सिङल्स (कक्षा ८–१० सम्म) तर्फ श्री श्री रविशंकर स्कुलकी स्वस्तिका चौधरी प्रथम, एभरेष्ट स्कुलकी आशना कट्वाल द्वितीय, बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ र सोही स्कुलकै आकृती मगर संयुक्त रुपमा तृतीय भए । जुनियर ब्वाइज सिङल्स (कक्षा ८–१० सम्म) तर्फ लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, मार्टर्स मेमोरियल स्कुलका सक्षम बस्नेत द्वितीय , श्री श्री रविशंकर स्कुलका पीयूष यादव र बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ संयुक्त रुपमा तृतीय भए ।
भेट्रान्स सिङल्सतर्फ सरोज पौडेल प्रथम, राजकुमार प्रधान द्वितीय, विशाल केडिया र उपकार श्रेष्ठ संयुक्त रुपमा तृतीय भए । मेन्स ओपन तर्फ एभरेस्ट कलेज बिराटनगरका सुशान्त मेहता प्रथम, बिराटनगरका सन्तोष काफ्ले द्वितीय, धरानका गौतम तामाङ र बिराटनगरका राहुल साह संयुक्त रुपमा तृतीय भए ।
विजेता खेलाडीहरुलाई विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र नेउपाने, कोशी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष सन्तोषी श्रेष्ठ , टेबल टनिस संघका उपाध्यक्ष अनुज बानियाँ, मोरङ जिल्ला भेट्रान्स टेबल टनिस संघका अध्यक्ष विशाल केडिया, सचिव सन्तोष प्रधान, कार्यक्रम संयोजक चन्दनकुमार ठाकुर, मोरङ स्पोर्टिङ क्लबका अध्यक्ष विशाल नेउपाने , मोरङ जिल्ला टेबल टनिस संघका अध्यक्ष विकेन थापा लगायतले पुरस्कर वितरण गर्नुभएको थियो ।