विराटनगर १५ असार । विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्देश्यका साथ विराटनगर जलवायु सिकाइ गोष्ठी सम्पन्न भएको छ ।
दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलन्टियर्स विराटनगरको आयोजनामा आईतबार एक दिने विशेष कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको सुरुवात गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै गोष्ठीको उद्दैश्य र आगामी दिनमा युवाहरूको भूमिकाबारे प्रकाश पारे । गोष्ठीमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थी, ग्रिन सिटीका स्वयम्सेवक र युवाअभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
गोष्ठीमा क्लाइमेट रिस्क एण्डरेजिलेन्स ल्याबका विनोद पराजुलीले प्रमाणदेखि प्रभावसम्म : तथ्याङ्क, भाष्य र सामुदायिक अनुभवका माध्यमबाट जलवायु सञ्चारको सुदृढीकरण विषयमा प्रस्तुतीकरण दिए ।
हरिन नेपालबाट, अधिवक्ता एवं जलवायु अभियन्ता तनुजा पाण्डेले सडकको सङ्गठन, हाम्रो भविष्यको पुनप्र्राप्ति : जलवायु न्यायको अग्रपङ्क्तिमा लडन नेपालकायुवाहरूको परिचालन विषयमा आफ्नो अनुभव साझा गरिन् ।
सहभागीयुवाहरू आफैं ३ वटा समूहमा विभाजित भई स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सिर्जनात्मक जलवायु अभियानको खाकातयार पारेका थिए ।
आयोजकका अनुसार युवाहरूले तयार पारेका उत्कृष्ट अभियानहरूलाई आगामी दिनमा कार्यान्वयनका लागि प्राविधिक, वित्त तथा व्यवस्थापकीय सहयोग समेत उपलब्ध गराइनेछ, जस्ले युवा र बालबालिकालाई एक जुटभई जलवायु न्यायको मुद्दामा अग्रपंक्तिमा कार्यक्रम गर्ने बताईएको छ ।