विराटनगरको बजेट तीन अर्ब ५६ करोड ४७ लाख

विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ ÷८४ को लागि कुल तीन अर्ब ५६ करोड ४७ लाख बराबरको बजेट सार्वजनिक गरेको  छ ।

नगर सभाको १८ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीलाई सो बजेट सार्वजनिक गर्न अनुमति दिनुभएको थियो । सार्वजनिक भएको बजेटमा संघीय सरकार वित्तीय समानीकरण अनुदान रु ३३ करोड ४३ लाख, सशर्त अनुदान चालु रु ७३ करोड २९ लाख, सशर्त अनुदान पूँजीगत रु ५६ लाख गरी संघीय सरकारबाट रु एक अर्ब सात करोड २८ लाख अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट आय हुने अनुमान गरिएको छ ।

प्रदेश सरकार समानीकरण अनुदान रु तीन करोड ६२ लाख ५० हजार, सशर्त अनुादन प्रदेश सरकार चालुतर्फ रु चार करोड एक लाख २४ हजार, सशर्त अनुदान पूँजीगततर्फ रु छ करोड ६३ लाख गरी प्रदेश सरकारबाट जम्मा रु १४ करोड २६ लाख ७४ हजार आय हुने अनुमान गरिएको छ ।

बाँडफाडबाट प्राप्त हुने राजस्व मध्ये सवारी साधन कर वापत रु तीन करोड आठ लाख, मनोरञ्जन कर रु ४० लाख, विज्ञापन कर रु ६० लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर रु ६७ करोड ९५ लाख ७९ हजार ३८५, मूल्यअभिवृद्धि करबाट रु १५ करोड ३९ लाख २८ हजार ९६१, अन्तःशुल्क वापत रु पाँच करोड १३ लाख नौ हाजर ६५४ गरी कुल रु ९२ करोड ५६ लाख १८ हजार राजस्व बाँडफाडबाट आय हुने अनुमान गरिएको छ ।

आन्तरिक आयतर्फ रु एक अर्ब २७ करोड २० लाख आठ हजार र विभित्र संघसंस्था अनुदान वापत रु एक करोड १६ लाख र बैंक मौज्दात वापत रु १४ करोड गरी कुल रु तीन अर्ब ५६ करोड ४७ लाख आय हुने बजेटमा देखाइएको छ ।

प्रस्तुत बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ७६ करोड २८ लाख ७८ हजार, संघीय सरकार सशर्त चालु अनुदान अन्तर्गत रु ७३ करोड २९ लाख, पूँजीगत अनुदान अन्तर्गत रु ५६ लाख, प्रदेश सरकार सशर्त चालु अुदान अन्तर्गत रु चार करोड एक लाख २४ हजार, पूँजीगत अनुदान अन्तर्गत रु छ करोड ६३ लाख गरी कुल रु तीन अर्ब ५६ करोड ४७ लाख व्यय हुने सार्वजनिक बजेटमा उल्लेख गरिएको छ ।