विराटनगर ६ असार । कालिकोटकी समीक्षाकुमारी बमलाई ‘प्लस टु’ पछि कानुन विषय लिएर पढ्न लाग्यो । तर कहाँ पढ्ने उनी निश्चित थिईनन् । पछि उनले विराटनगरको ब्राईटभिजन ल कलेजबाट आफ्नो कानुनको अध्ययनलाई अघि बढाउने निधोमा पुगिन ।
वीएएलएलवीको पाँचौं सेमेष्टरमा अध्ययनरत बमलाई कानुन पढेपछि आफुमा आत्मविश्वास बढेको बताईन । आफ्नो हक अधिकारका लागि बोल्न सक्ने भएको उनले बताईन । उनले भनिन्,‘ आफुमा आत्मविश्वास बढाउन, आफ्नो सुरक्षाका लागि पनि कानुनको अध्ययन आवस्यक छ ।’ कानुनको अध्ययन अहिले अति आवस्यक बनेर गएको उनको भनाई छ ।
जुम्लाकी कृति वस्नेतलाई पनि कक्षा १२ पछि कानुन विषय लिएर पढ्न मन लाग्यो । काठमाण्डौंमा वस्दै आएकी उनले पनि ब्राइट भिजन कलेजबाट वीएएलएलवीको अध्ययन अगाडी बढाईन । राम्रो पठन पाठन हुने कलेजका रुपमा साथीले भनेपछि साथीसँगै विराटनगर आएको उनले सुनाईन । तेश्रो समेष्टरमा अध्ययन गरिरहेकी उनले कलेजको पठन पाठन राम्रो रहेको बताईन । भविष्यमा सरकारी सेवामा रहेर काम गर्ने इच्छा रहेको उनले बताईन ।
ब्राईट भिजन ल कलेजले १६ वर्षअघि काठमाण्डौं बाहिर पहिलो पटक कानुन विषयको पठन पाठन शुरु गरेको थियो । त्यसअघि सम्म कानुन विषयमा पढ्न चाहने पूर्व क्षेत्रका विद्यार्थीले काठमाण्डौं पुग्नुपर्ने बाध्यता थियो । राजधानी बाहिर कतै पनि कानुन विषयमा पठनपाठन हुँदैन थियो ।
०६७ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा ब्राईटभिजन कलेजले कानुन संकायमा पठन पाठन शुरु गर्यो । ५ वर्षे वीएएलएलवी र २ वर्षे एलएलमको पठनपाठन शुरु गरेपछि कलेजमा देशभरका विद्यार्थीको आकर्षण देखियो । सातै प्रदेशका विद्यार्थी ब्राइटभिजनमा अध्ययनरत छन् । कलेजमा कालिकोट, दैलेख सम्मका विद्यार्थी अध्ययनरत छन् । कलेजमा कोशी, मधेश, बागमति, गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश विद्यार्थी छन् ।
ब्राईटभिजनबाट अध्ययन पुरा गरेका अधिकांश विद्यार्थी कोही सरकारी सेवामा रहेको, कसैले ल कलेज शुरु गरेको, कोही वकालत पेशामा संलग्न रहेको कलेजले जनाएको छ । २०८० मा ब्राइटभिजनबाट वीएएलएलवी पुरा गरेका प्यारे अनवर अहिले उच्च सरकारी वकिलको वकिलको कार्यालय राजविराजमा सहायक न्यायाधिवक्ता पदमा कार्यरत छन् । उपत्यका बाहिर कानुनको राम्रो कलेज ब्राईट भिजन रहेको थाहा पाएपछि विराटनगर आएर पढेको उनले बताए । अनुभवी शिक्षक र राम्रो पठन पाठनका कारण वीएएलएलवीको अध्ययन पुरा गरेलगत्तै लोकसेवामा प्रतिष्पर्धा गरेकै वर्ष नाम निकाल्न सफल भएको उनले बताए ।
राजविराजका अनवर जस्तै उदयपुरकी शिक्षा राईले पनि एकै पटकमा लोकसेवामा नाम निकाल्न सफल भईन । २०८० मा ब्राइटभिजनबाट वीएएलएलवीको अध्ययन पुरा गरेलगत्तै राईले २०८२ मा लोकसेवामा प्रतिष्पर्धा गरेकी थिईन । सोही वर्ष नाम निकालेको उनले बताईन । अहिले जिल्ला सरकारी वकिलको कार्यालय उदयपुरमा सहायक जिल्ला न्यायाधिवक्ता पदमा कार्यरत उनले मध्यमबर्गिय परिवारका लागि कलेज उपयुक्त भएको बताईन । अनुभवी शिक्षक र शैद्धान्तिकसँगै व्यवहारिक ज्ञानमा कलेजले बढी जोड दिने गरेको उनले सुनाइन ।
ब्राईट भिजनमा देशभरका विद्यार्थीको आकर्षण देखिएपनि कलेजले सिमित सिटमा मात्रै विद्यार्थीलाई पठन पाठन गराउँदै आएको छ । एलएलएममा ९० र वीएएलएलवीमा १८० विद्यार्थीलाई कलेज लिने गरेको छ । भर्ना भएका मध्ये १० प्रतिशत विद्यार्थीले छात्रबृत्ति पाउने गरेका छन् । छात्रबृत्तिको छनोट विश्वविद्यालयले नै गर्दै आएको छ । बाँकी गरिव तथा जेहन्दार विद्यार्थीलाई कलेजनै छात्रबृत्ति दिँदै आएको छ ।
क्याम्पस प्रमुख बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले कानुनका जनशक्तिलाई सिद्धान्तसँगै ब्यवहारिक ज्ञान पनि आवस्यक रहेको बताए । व्यवहारिक ज्ञान विनाको अध्ययन प्रभावकारी नहुने उनको भनाई छ । कलेजले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानलाई पनि सँगै लैजाने गरेका क्याम्पस प्रमुख आचार्यको भनाई छ । उनले भने,‘ संविधानमा संघ, प्रदेश र स्थानीय सरकारको अधिकारबारे प्रष्ट व्यवस्था छ । तर प्रदेश र स्थानीय निरीह देखिन्छन् । प्रदेश र स्थानीयलाई कानुनी रुपमा दर्हो बनाउने काम हाम्रो जनशक्तिले गर्दै आएको छ ।’ कलेजले मुटकोर्ट (नमूना अदालत) को अभ्यास गाउँदै आएको छ ।

गत वर्ष कोशी प्रदेशमे पहिलो पटक मुटकोर्ट आयोजना गरिएको उनले बताए । मुटकोर्टले विद्यार्थीमा व्यवहारिक कानुनी ज्ञान, आत्मविश्वास, तर्कशक्ति र अनुसन्धान क्षमता विकास गर्ने क्याम्पस प्रमुख आचार्यले बताए । उनले भने,‘ जिल्ला अदालतदेखि उच्च अदालतका न्यायाधीश र वरिष्ठ अधिवक्ताहरूको उपस्थितिमा हुने मुट कोर्टले विद्यार्थीलाई भावी दक्ष अधिवक्ता बन्ने बाटो खोल्दछ । ’ कानून शिक्षा क्षेत्रमा यो प्रयास भविष्यका कानुन व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको उनले बताए । कलेज नियमित रुपमा मुट कोर्ट ( नमूना अदालत) को अभ्यास गराउँदै आएको छ ।
कलेजले मुटकोर्टसँगै विद्यार्थीलाई नियमित अध्ययन भ्रमण, सरोकारवालासँग कानुनका विद्यार्थी कार्यक्रम, समुदाय स्तरमा कानुनी सचेतना कार्यक्रम गर्दै आएको क्याम्पस प्रमुख आचार्यले जानकारी दिए । उनले भने,‘ कलेजको उत्पादनले जनकपुर, वीरगञ्ज, चितवन, हेटौडा, बुटवल लगायतको क्षेत्रमा योगदान गरिरहेको छ । यहाँका जनशक्तिले योग्यता बढाएर जिल्ला, उच्च अदालतमा पनि वकालत गरिरहेका छन् ।’
