विराटनगर २९ जेठ । मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ ।
उत्कृष्ट प्रदर्शन गरेका जुलियन क्विन्योनेसले ९ औं मिनेटमा प्रतियोगिताको पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । उनले पहिलो हाफमै अर्काे गोल गर्ने अवसर पनि सिर्जना गरेका थिए ।
यता, दोस्रो हाफ अन्तर्गत ५० औं मिनेटमा दक्षिण अफ्रिकाका याया सिथोलेले ब्रायन गुटिएरेजलाई फल गरेपछि रातो कार्ड पाए।
त्यसपछि मेक्सिकोका अनुभवी स्ट्राइकर राउल जिमेनेजले ६७ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
दक्षिण अफ्रिकाका थेम्बा ज्वानेलाई हिंसात्मक व्यवहारका कारण ८४ औं मिनेटमा मैदानबाट बाहिर पठाइएपछि टोली थप दबाबमा आयो भने टोली ९ खेलाडीमा समेटियो ।
विश्वकपको उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाएपछि प्रतियोगिता अस्वाभाविक र विवादास्पद सुरुआतजस्तै देखिएको छ ।