विराटनगर २८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रथम प्रादेशिक अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित हुनु भएको छ ।
मोरङको विराटचोकमा सम्पन्न अधिवेशनमा आफ्ना तीन प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पार्दै राई प्रदेश नेतृत्वमा चुनिनु भएको हो । निर्वाचन समितिको अन्तिम मतपरिणाम अनुसार, सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये चन्द्र राईले २८० मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ (सरिन)ले १४१ मत प्राप्त गर्नुभयो । यस्तै, अन्य उम्मेदवारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्र कुमार गौलीले २७ मत प्राप्त गरेका छन्। खसेको मतमध्ये १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।