अर्किड कलेज विराटनगरद्धारा ७८७ विद्यार्थीको स्वागत

विराटनगर २५ जेठ । अर्किड कलेज विराटनगरले कक्षा ११ मा भर्ना भएका १९ औं ब्याचका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
विराटनगरमा आज आयोजित कार्यक्रममा ७८७ विद्यार्थीलाई कलेजले स्वागत गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा कक्षा ११ को प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । प्रवेश परीक्षामा विज्ञान तर्फ प्रथम नौसिन प्रविन प्रथम, दोश्रो ओम कर्ण, तेश्रो प्रतिश पराजुली, व्यवस्थापन संकाय तर्फ प्रथम हिमान्सुराज कुसवाह , दोश्रो आयुष्मानकुमारी झा र तेश्रो दिवाकरकुमार पोद्धारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अर्किड कलेजका अध्यक्ष अमित ढकालले कक्षा ११ र १२ भविष्यको आधारशिला भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई अनुशासनमा बस्न आग्रह गर्नुभयो ।

निर्देशक दिपेश बाँस्तोलाले विद्यार्थीलाई सपना देख्न, लगनशिल बन्न र मेहनत गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ कक्षा ११–१२ को अध्ययन पुरा गरेपछि अर्किड रोजेर राम्रो गरेछु भन्ने हामी बनाउने छौं ।’ २०६५ सालदेखि नै कलेजले निरन्तरत रुपमा उत्कृष्ट नतिजा दिईरहेको उहाँले बताउनुभयो ।

कलेजका प्रिन्सिपल मनिष भट्टराईले विद्यार्थीलाई स्वागत गर्दै कलेजले बाटो देखाउने काम गर्ने भन्दै अघि बढ्ने उर्जा विद्यार्थी आफैबाट आउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ कलेज डिग्री हासिल गर्न मात्र हैन आफुलाई चिन्न र खोज्न सक्नु पर्दछ ।’ उहाँले पठनपाठनसँगै कलेजले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बन्न आग्रह गर्नुभयो ।

अर्किडमा भर्ना भएका विद्यार्थी मध्ये विज्ञान संकायमा ३०५ र व्यवस्थापन संकायमा ४८२ जना रहेका छन् । विज्ञान, कम्प्युटर, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा पठनपाठन हुँदै आएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गाउन लगायतका सांगितिक प्रस्तुतीहरु दिएका थिए ।