कांग्रेसका झन्डै पाँच लाख क्रियाशील सदस्य अद्यावधिक

विराटनगर २५ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्य तीव्र पारेको छ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार आइतबारसम्ममा झन्डै पाँच लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन् । उहाँले २०८२ पुस १० गतेभित्र केन्द्रीय डिजिटल प्रणालीमा प्रविष्ट भएकामध्ये पाँच लाखभन्दा बढीले विवरण अद्यावधिक गरेको र जेठ २८ गतेसम्म अद्यावधिक कार्य जारी रहने बताउनुभयो । उहाँले १५ औँ महाधिवेशनलाई लक्षित गरी भइरहेको अद्यावधिक कार्यमा पुराना सदस्यको नवीकरण र नयाँ सदस्यको प्रविष्ट दुवै समावेश गरिएको बताउनुभयो ।

नेपाली कांग्रेसमा सिङ्गापुरको विकास मोडलबारे विमर्श गरिएको छ । सानेपामा भएको ग्रिन टेबलमा सिङ्गापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक लियोङ सी हियानले सिङ्गापुरले आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका क्षेत्रमा हासिल गरेका सफल अभ्यासबारे विस्तृत प्रस्तुति दिनुभयो ।

उहाँले आर्थिक समृद्धि, प्रभावकारी शासन प्रणाली, संस्थागत विकास तथा नागरिककेन्द्रित नीतिनिर्माणका लागि सिङ्गापुरबाट नेपालले सिक्न सक्ने महìवपूर्ण पाठबारे सुझाव राख्नुभयो । उहाँले भ्रष्टाचारविरुद्धका कानुनको कडाइका साथ कार्यान्वयन, मेरिट प्रणालीको अवलम्बन, नवप्रवर्तनलाई प्रोत्साहन तथा दीर्घकालीन नीतिगत स्थिरताका कारण सिङ्गापुरले छोटो अवधिमै उल्लेखनीय आर्थिक प्रगति हासिल गर्न सफल भएको बताउनुभयो ।