नृत्योपासनाको वार्षिक मूल्याङ्कनमा सम्पन्न, सबै विद्यार्थी सफल

विराटनगर, १७ जेष्ठ । विराटनगरको शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय (नृत्योपासनाले) विद्यार्थीहरुको वार्षिक मूल्याङ्कन सम्पन्न गरेको छ ।

विद्यालयले मुल्याङ्कन पश्चात उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ ।

शुक्रबार भएको मूल्याङ्कन परीक्षामा नृत्योपासनामा प्रशिक्षण लिरहेका प्राथमिकदेखि पाँचौं वर्षसम्मका कुल ६ वटा ब्याचको वार्षिक मुल्याङ्कन गरिएको हो । वार्षिक मुल्याङ्कनमा पास भएका सबैजना अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

विद्यार्थीहरुलाई भरत नाट्यम विधामा भारतको चेन्नाईबाट स्नातकोत्तर पूरा गर्नुभएकी नृत्योपासना विराटनगरकी सञ्चालक एवं प्रशिक्षक सन्तोष निधि राठीले प्रशिक्षण गराईरहनुभएको छ ।

सो अवसरमा विद्यार्थीहरूलाई परीक्षामा उत्तीर्ण भएको प्रमाणपत्रसमेत प्रदान गरिएको प्रशिक्षक राठीले जानकारी दिनुभयो ।

प्रमाणपत्र वितरण कार्यक्रममा विद्यार्थीहरूका अभिभावकको समेत उपस्थिति रहेको थियो ।नृत्योपासना विराटनगरमा शास्त्रीय संगीतका विभिन्न रागमा नृत्य प्रशिक्षण हुँदै आएको सञ्चालक राठीले जानकारी दिनुभयो ।