मोरङमा लागु औषध नियन्त्रणका लागि महाअभियान शुरु

विराटनगर १० जेठ । नेपाल प्रहरीले लागु औषधको कुलतमा परेका युवायुवतीलाई यसबाट जोगाउन मोरङमा महाअभियान शुरु भएको छ ।

जिल्ला प्रहरीकार्यालय मोरङद्वारा आज विराटनगरमा लागु औषध विरुद्ध महाअभियान –२०८३ प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । सो र्याली महेन्द्रचोकबाट शुरु भइ ट्राफिक चोक, वुधहाट चोक, जलजला चोक, हस्पिटल चोक भई शहीद रङशालामा पुगी कोणसभमा परिणत भएको छ ।

कोण सभामा प्रतिनिधि सभाकी सांसद आशा झाले खुला सिमाना कारण मोरङ र आसपासका क्षेत्रहरू लागुऔषध ओसारपसारले युवायुवतीहरु यसको कुलतमा परेको यसको रोकथामका लागि कानूनको कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । उहाँले दुव्र्यसनमा परेका युवायुवतीहरू अपराधी होइनन, उनीहरू बिरामी भएकोले विद्यालय तहदेखि नै सचेतना अभियान सञ्चालन गर्न राज्यले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनु भयो ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले शान्ति सुरक्षा मात्र होइन, समाजलाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको लागुऔषधको जालो तोड्ने कार्य गरिरहेको बताउनु भयो । उहाँले आजका हाम्रा कर्णधार युवायुवतीहरू लागुऔषधको दुव्र्यसनमा फस्दै गएकाकोमा चिन्ता व्यक्त गर्दै सीमावर्ती क्षेत्रहरूबाट हुने लागु औषध आसार पसारमा नियन्त्रणका लागि कडा निगरानी पारेको विचार राख्नु भयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालले आफ्नो घर छेउछेउ लागु औषधि प्रयोग, वेचविखन, ओसार पसार जस्ता शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारण एवं युवायुवतीहरुलाई आग्रहगर्नु भयो ।

र्यालीमा नेपाल प्रहरी,प्रहरीको व्याण्ड, सशस्त्र प्रहरी, सामुदायिक तथा नीति विद्यालय, विभिन्न वित्तीय संघसंस्था, सामाजिक संघ संस्था लगायतका सहभागिता रहेको थियो ।