विराटनगर २६ वैशाख । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट संघको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सम्पन्न दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२०क्रिकेट प्रतियोगिताको उपाधि सिरहा हवले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा विराटनगरहवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो । टस जितेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । सिरहाका प्लेयर अफ फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए । विराटनगरका अभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए ।
१ सय ११ रनको लक्ष्य पाएको विराटनगरले १८ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै ९४ रनमा सिमित भयो । विराटनगरका मनिष कामतले २५ रन बनाउँदा क्षितिज करण १६ रनको योगदान गरे । सिरहाका आयुष विकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए । बैशाख २१ गतेदेखि शुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गरी ५ टिम सहभागि थिए ।
राउण्ड रोविन लिगको आधारमा खेलाएकोे प्रतियोगितामा उत्कृष्ट दुइ टिम फाइनलमा प्रवेश गरेका थिए । विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि नेपाल क्रिकेट संघका सचिव पारस खडका, कोशी क्रिकेट संका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।