विराटनगर १२ वैशाख । विराटनगर जेसीजको आयोजनामा उत्प्रेरणामूलक कार्यक्रम गरिएको छ । कार्यक्रममा लायन्स डिस्ट्रीक्ट ३२५ सीका पूर्व डिस्ट्रीक्ट गभर्नर विकास अधिकारी, नेपाल जेसीजका उपाध्यक्ष अनिष भट्टराई, सञ्चारकर्मी विवेक दाहालले सहभागीहरूलाई उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।
उहाँहरुले व्यक्तिगत विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सकारात्मक सोचको महत्वबारे आफ्ना अनुभव अभिव्यक्त गर्नुभएको थियो । कार्यक्रमले युवाहरूमा आत्मविश्वास वृद्धि गर्दै लक्ष्यप्रति केन्द्रित हुन प्रेरित गरेको विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा विराटनगर जेसीजको वार्षिक क्यालेन्डर विमोचन गरिएको थियो । सो क्यालेन्डरमा संस्थाका वर्षभरि सञ्चालन हुने योजना, सामाजिक अभियान तथा महत्वपूर्ण गतिविधिहरू समेटिएको जनाइएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक प्रकाश सुबेदीले बताउनुभयो ।