‘रेसस बाँदर’का विषयमा अधिकारीलाई विद्यावारिधि

विराटनगर ८ वैशाख । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रामचन्द्र अधिकारीले प्राणी शास्त्रमा विद्यावारिधि (पीएचडी) गर्नु भएको छ ।

अधिकारीले ‘रेसस बाँदर’का विषयमा विद्यावारिधि हाँसिल गर्नु भएको हो । यो नेपाल र दक्षिण–पूर्वी एसियामा पाइने रातो अनुहार भएको, बुद्धिमानी र सामाजिक ‘ओल्ड वल्र्ड’ बाँदर हो ।

अधिकारीले अध्ययनको महत्वपूर्ण चरण पूरा गरेको बताउनु भएको छ । उहाँले प्राणीशास्त्र (पीएचडी) मा दर्शनको डिग्री हासिल भएको बताउनुभयो ।

डा.अधिकारी डिग्री क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको विभागीय प्रमुख हुनुहुन्छ ।