पाँचौँ संस्करणको इक्वालिटी कप : सिरहा र विराटनगरलाई सफलता   

विराटनगर ३० चैत । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिताअन्तरगत आइतबार भएको लिगको अन्तिम खेलमा सिरहा हव र विराटनगर हव विजयी भएका छन् ।

नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको खेलमा प्रतियोगिताबाटबाहिरिएको सिरहाले लिगको पुछारमा रहेको आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११(एनसीएफ)लाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गर्दै सान्त्वना जित हातपारेको छ ।

दुवै टिम यस अघिनै प्रतियोगिताबाट बाहिरिएका थिए ।। टस हारेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा १ विकेटको १ सय ८६को विशाल स्कोर बनाएको थियो ।

सिरहाकी प्लेयर अफ म्याच कप्तान सरस्वती चौधरीले ४२बलमा ६ चौका प्रहार गर्दै अविजित ६५ रन बनाउँदाच अनुराधा चौधरीले पनि अविजित ५९ रनर निलम महतोले १४ रन बनाइन् ।

एनसीएफकी कप्तान झरना घिमिरेले १ विकेट लिइन् । १ सय ८७ रनको विशाल लक्ष्य पाएको एनसीएफले पुरै ओभर खेल्दै ९ विकेटगुमाउँदै ५३ रनमा सिमित भयो ।

एनसीएफकी सन्जिता खडकालेले सर्वाधिक अविजित १० रनकोयोगदान गरिन् । सिरहाकी प्रसिद्धिका खडकाले ३ विकेट लिँदा शिवानी यादवले पनि ३ विकेटलिइन् ।

दोस्रो खेलमा विराटनगरले राजविराजलाई  २१ रनले पराजित गरेको छ । दुवै टिम यस अघिनैफाइनलको यात्रा तय गरेका थिए । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २०ओभरमा ८ विकेट गुमाई ९० रन बनाएको थियो ।

विराटनगरकी टिका साहले अविजित ३३ रनबनाउँदा  कप्तान सानु राजवंशीले १८ रन रसमिक्षा राईले १९ रनको योगदान दिइन् । राजविराजकी अपेक्षा यादवले ४ विकेट लिँदाकप्तान साक्षी यादवले २ विकेट लिइन् ।

९१ रनको लक्ष्य पाएको राजविराजले १७ दशमलव १ बल खेल्दै सवै विकेटगुमाई ६९ रन मात्र बनाउँन सक्यो । राजविराजकी दिपा रामले सर्वाधिक १२ रनको योगदानदिइन् ।

विराटनगरकी प्लेयर अफ म्याच सुभेक्षा लिम्बुले ३ विकेट लिँदा सानु राजवंशीले२ विकेट सम्रिका गौतम र समिक्षा राई १–१ विकेट लिइन् ।

तालिकामा विराटनगरले खेले ३ खेलमा जित हात पार्दै ६ अंकका साथ शिर्ष स्थानरहेको छ भने राजविराज ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ दोस्रो स्थान, सिरहाले ३ खेलमा १ मा जित र २ मा पराजित हुँदै तेस्रोस्थानमा चित्त बुझायो ।

आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) खेले तीनैखेलमा पराजित हुँदै तालिकाको पुच्छारमा रहेको छ ।