विराटनगरमा जारी इक्वालिटी कप क्रिकेटमा विराटनगर र राजविराज फाइनल प्रवेश

विराटनगर २८ चैत । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा विजयी हुँदै विराटनगर हब र राजविराज हव फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा विराटनगरले सिरहालाई ८ विकेटले पराजित गर्दै ४ अंककासाथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।

लगातार २ खेलमा पराजित हुँदै सिरहा प्रतियोगिताबाट बाहिरिएको छ । तालिकामा सप्तरीको राजविराज हब २ खेलमा दुवै जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

२ खेल खेलेको विराटनगरको नेट रन रेटमा पछि पर्दै ४ अंका साथ दोस्रो स्थान, सिरहा हब २ खेलमा दुवै हार्दै अंकविहीन रहँदै तेस्रो र आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) पनि २ खेलमा पराजित हुँदै तालिकाको पुच्छरमा रहेको छ ।

नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको खेलमा टस जित्दै पहिले ब्याटिङ गरेकोे सिरहाले १६ दशमलव ४ बलमा सबै विकेटको क्षतिमा ६३ मात्रै बनाउन सक्यो । ६४ रनको लक्ष्य पाएको विराटनगरले १० दशमलव ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । दोस्रो खेलमा राजविराज हवले आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) लाई १ सय १९ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।

लगातार २ खेलमा पराजित हुँदै एनसीएफ प्रतियोगिताबाट बाहिरिएको छ ।ट स हारेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५० रनमा विशाल स्कोर बनाएको थियो ।

१ सय ५१ रनको विशाल लक्ष्य पाएको एनसीएफले १९ दशमलव २ बल खेल्दै सवै विकेट गुमाई ३१ रन मात्र बनाउन सक्यो । लिगको अन्तिम खेल आइतबार सिरहा र एनसीएफ–११ तथा दोस्रो खेल विराटनगर हव र राजविराज हव विच प्रतिस्पर्धा हुने छ ।