पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

विराटनगर २७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको हो ।

नेपाल आयल निगमले आज (बिहीबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेलरमट्टितेलमा २५ रुपियाँ वृद्धि गरेको हो ।

यस्तै, ग्यासमा १०० ले वृद्धि गरिएको छ । यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको समेत निगमले उल्लेख गरेको छ ।