एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर १५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको एकल इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । जेन–जी आन्दोलनको क्रममा हेलचेक्राइँ गरेको भन्दै कार्की आयोगको सिफारिसको आधारमा दुई नेतालाई शनिबार बिहान ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको थियो ।

लेखकलाई भने सरकारी वकिल कार्यालय र अदालतमा पेश गरिएको थियो । अस्वस्थताका कारण टिचिङको बेडमा रहेका ओलीलाई भने भिडिओ कन्फ्रेन्सबाट उपस्थित गराइएको थियो ।